जेनेभा, स्वीट्जरल्याण्ड, ८ साउन । विश्वमा बिहीबारसम्म एक करोड ५३ लाख ८२ हजार ४६९ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।कोरोना भाइरस संक्रमणको कारण विश्वभरी छ लाख ३० हजार ३६९ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार जानकारी दिएको छ ।
संक्रमितमध्ये हालसम्म ९३ लाख ५६ हजार ३५४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५३ लाख ९५ हजार ७४६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६६ हजार २१५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४१ लाख १ हजार जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४६ हजार १८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ३४ लाख ६३ हजार २४६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ एक लाख २७ हजार ४७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४८ लाख ५ हजार ८५९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख १ हजार ९०७ जनाको मृत्यु भएको छ ।
युरोपमा २७ लाख १७ हजार ९५० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख १५४ को मृत्यु भएको छ । एसिया ३६ लाख ६ हजार ३६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८४ हजार ६०४ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा सात लाख ७३ हजार ६५९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १६ हजार ४८७ जनाको मृत्यु भएको छ । ओसियानामा १४ हजार ९९८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १५५ जनाको मृत्यु भएको छ ।