३० कार्तिक २०८१, शुक्रबार

फ्रान्सेली विदेशमन्त्री लेबनानमा, आर्थिक संकट छलफलको मुख्य एजेन्डा


फ्रान्सका विदेशमन्त्री जाँ–येभ्स ली ड्रायन French Foreign Minister Jean-Yves Le Drian, left, wearing a mask to help prevent the spread of the coronavirus, arrives to meet Lebanese president Michel Aoun at the Presidential Palace in Baabda, east of Beirut, Lebanon, Thursday, July 23, 2020. (AP Photo/Hassan Ammar)

बेरुत, ८ साउन । फ्रान्सका विदेशमन्त्री जाँ–येभ्स ली ड्रायन संकटग्रस्त मुलुक लेबनानको दुई दिने भ्रमणका लागि बिहीबार बेरुत पुग्नु भएको छ ।

विदेशमन्त्री ड्रायनले लेबनानका राष्ट्रपति मिसेल आउन सहित प्रधानमन्त्री हस्सन डायब र सभामुख नबिह बेरी समेतका उच्चपदस्थ व्यक्तिसँग द्विपक्षीय विषयमा छलफल गर्नु हुनेछ ।

फ्रान्सेली दूतावासले जारी गरेको वक्तव्यमा लेबनानका समकक्षी नस्सिफ हिट्टीसँग भेटवार्ता गरिसकेपछि संयुक्त वक्तव्य जारी गरिने उल्लेख छ ।

लेबनानमा दशकौंपछि पहिलो पटक अत्यन्त गहिरो आर्थिक संकट उत्पन्न हुनुका साथै लेबनानी मुद्राको व्यापक अबमूल्यन भएको छ । मुद्रास्फितीको अवस्था सिर्जना भएसँगै लेबनानका आधाभन्दा बढी मानिस गरिबीको स्थितिमा पुगेका छन् ।

मुलुकको अर्थतन्त्रमा व्यापक मन्दी छाएपछि गत अक्टोबरदेखि नै सरकार विरोधी प्रदर्शन जारी छन् । प्रदर्शनकारीले लेबनान सरकार अक्षम र भ्रष्ट रहेको आरोप लगाएका छन् । यहाँ हजारौं व्यक्तिले रोजगारी गुमाइसकेका छन् ।

गत मार्चमा पहिलो पटक संकटग्रस्त घोषणा गरिएको लेबनानले दुई महिना पहिले अन्तर्राष्ट्रिय मुद्राकोषसँग अर्बौं डलरको आर्थिक सहायताका लागि वार्ता शुरु गरेको थियो, तर अहिले उक्त मध्यस्थता वार्ता रोकिएको छ ।

यसै महिनाको शुरुमा फ्रान्सेली विदेशमन्त्री ड्रायनले विदेशी आर्थिक सहायता प्राप्त गर्नुअघि गर्नुपर्ने सुधारका कार्यहरुमा लेबनानले प्रतिबद्धता कमजोर रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो ।

लेबनान सरकारले आफूलाई २० अर्ब डलरभन्दा बढी विदेशी आर्थिक सहायता जरुरी रहेको बताउँदै आएको छ । उक्त रकममध्ये सन् २०१८ मा सम्पन्न पेरिस बैठकमा व्यक्त ११ अर्ब डलरको आर्थिक सहायता समेत रहेको छ, तर लेबनानले सुधारका कार्यहरुमा प्रगति गर्न नसकेपछि प्रतिबद्धता त्यत्तिकै थन्किएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !