१ मंसिर २०८१, शनिबार

फ्रान्सलाई खुला सोच र दृढ नेतृत्वको खाँचो रहेको निवर्तमान प्रधानमन्त्रीको भनाइ


फ्रान्सका प्रधानमन्त्री एडवर्ड फिलिपले दिए राजीनामा

पेरिस, फ्रान्स, २० असार । फ्रान्सको प्रधानमन्त्री पदबाट शुक्रबार राजीनामा दिनुभएका एडुअर्ड फिलीपले मुलुकलाई खुल्ला सोच र दृढ निश्चयी नेतृत्वको खाँचो रहेको बताउनुभएको छ ।

नवनियुक्त प्रधानमन्त्री जाँ कास्टेक्सलाई पद हस्तान्तरणका लागि आयोजित कार्यक्रममा निवर्तमान प्रधानमन्त्री फिलीपले यस्तो बताउनुभएको हो ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले निजामति कर्मचारीको उच्च अधिकारीका रूपमा काम गरिसकेका कास्टेक्सलाई शुक्रबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

निवर्तमान प्रधानमन्त्री फिलीपले सन् २०१७ देखि गत शुक्रबारसम्म देशको प्रधानमन्त्रीको भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले शुक्रबार राजनीनामा दिनुभएको हो ।

पदहस्तान्तरण कार्यक्रममा फिलीपले भन्नुभयो, “प्रिय जाँ कास्टेक्स, मेरो उत्तराधिकारीको रुपमा तपाईलाई पाउँदा मलाई धेरै खुशी लागेको छ, बधाई तथा शुभकामना छ ।”

उहाँले अगाडि थप्नुभयो, “हाम्रो देशलाई खुल्ला सोच र दृढ निश्चयी व्यक्ति चाहिन्छ । तपाईले फ्रान्सको आवश्यकतालाई पूरा गर्नुहुनेछ भन्नेमा मलाई कुनै द्वुविधा छैन ।”

निवर्तमान प्रधानमन्त्री फिलीपले नयाँ प्रधानमन्त्री कास्टेक्सले प्रधानमन्त्रीका रुपमा सही निर्णयहरु गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

नगर निर्वाचनमा वातावरण पक्षधर समूहको बहुमतसँगै सरकारमा नयाँ समूहको आवागमन हुने देखेर उहाँले राजीनामा दिनु भएको हो । फिलीपसँगै उहाँको सम्पूर्ण समूहले सरकारबाट शुक्रबार नै राजिनामा दिइसकेको छ ।

नयाँ चरणमा स्वतन्त्रता, पुनः निर्माण, पुनः मिलन तथा नयाँ उपायहरूको लक्ष्यलाई प्रशासनको नयाँ नेतृत्वमार्फत अघि बढाउने राष्ट्रपति म्याक्रोँले हालै एक पत्रिकालाई दिएको अन्तर्वार्तामा उल्लेख गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !