११ असार २०८१, मंगलबार

इन्डोनेसियामा डुङ्गा दुर्घटना नौ बेपत्ता


डुङ्गा दुर्घटना

९ असार । इन्डोनेसियाको सुमात्रा द्वीपमा भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा नौ व्यक्तिको वेपत्ता भएका सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । अत्यन्त खराब मौसमको कारण उनीहरुको खोजी कार्य पनि कठिन भएको बताइएको छ । सो द्वीपको उत्तरपश्चिम तटीय क्षेत्रमा खराव मौसम र उच्च वेगमा आएको हावाको कारण सो दुर्घटना भएको बताइएको छ ।

स्थानीय खोजी तथा उद्धार निकायका अधिकारी बेङटेङ टेलाम्बुआनाले उद्धारकार्य प्रभावकारी नभएको एएफपी समाचार समितिलाई जानकारी दिनु भएको छ । यसअघि पनि १६ जना माझी रहेका एक डुङ्गा दुर्घटनामा भएको थियो । नौ जनाको जिवितै उद्धार गरिएको थियो भने सात अझै बेपत्ता रहेका छन् ।

करिब १७ हजार द्वीपहरु रुहेका यस देशमा यहाँ डुङ्गा नैे एक प्रमुख सवारी सधान भएकोले बारम्बार डुङ्गा दुर्घटना भएको पनि पाइन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !