१ मंसिर २०८१, शनिबार

सिरियामा धार्मिक विद्यालयमा विस्फोट हुँदा ७ जनाको मृत्यु


सिरियामा विस्फोट

तेहरान, ४ असार । अमेरिकाले सिरियामाथि लागेको प्रतिबन्धले सिरियाली समस्यालाई थप दुःख दिने भन्दै इरानले त्यसको निन्दा गरेको छ ।

सिरियाली राष्ट्रपति बसर अल असदसँग कामगर्ने सिरियाली कुनै पनि कम्पनीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । सो कार्यको विरोध गर्दै इरानले सो घटनाले यसै पनि युद्धमा रहेको सिरियालाई थप समस्या पार्ने बताएको छ ।

यस कार्यलाई इरानले क्रुर भनेको छ । अमेरिकाको यस्तो क्रुर कार्यको संज्ञा दिँदै यस्ता कार्यमा इरानले कहिल्यै विश्वास नगर्ने जनाएको छ । इरानले त्यस्ता कार्यहरु अन्तर्राष्ट्रिय कानुन र मान्यताको विरुद्ध रहेको पनि बताएको छ ।

अमेरिकाले सिरियाली राष्ट्रपति बसर अल असद र उहँकी श्रीमतीसँग कामगर्ने कुनै पनि कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । यसबाट सिरियामा ठूलो आर्थिक संकट पर्नसक्ने बताइएको छ ।

कोरोना भाइरसको संकटका समयमा अमेरिकाले यसरी युद्धग्रस्त देश सिरियामा यस्तो प्रकारको आर्थिक नाकाबन्दी लगाउनुलाई इरानले क्रुर काम भनेको छ ।

इरान पनि सन् २०१८ देखि अमेरिकी नाकाबन्दीमा रहेको छ । इरानसँगको पारमाणविक सम्झौताबाट एकतर्फी रुपमा पछि हटेर अमेरिकाले सन् २०१८ देखि इरानमाथि आर्थिक नाकबन्दी लगाउँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !