१ मंसिर २०८१, शनिबार

टर्की र सोलोमन द्वीपमा भूकम्प


भूकम्प C

इस्तानबुल, १ असार । टर्कीको पूर्वी प्रान्त बिन्गोलमा आइतबार गएको ५.७ म्याग्नीच्यूडको भूकम्पबाट एक व्यक्तिको मृत्यु भएको छ ।

प्रान्तीय गभर्नरको कार्यालयका अनुसार कार्लिओभा गाउँमा रहेको सुरक्षाकर्मीको निरीक्षण पोस्ट भत्किँदा एक सुरक्षाकर्मीको मृत्यु भएको हो ।

उद्धार टोलीले अर्का सिपाहीलाई भने जीवितै उद्धार गरेका थिए ।

टर्कीका उपराष्ट्रपति फुआत ओक्टेका साथै गृह र वातावरण मन्त्रीले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरी पछिल्लो परिस्थितिको जानकारी लिनुभएको छ ।

भूकम्पीय दृष्टिबाट टर्की निकै जोखिममा रहेको मानिन्छ । गत जनवरीमा टर्कीको पूर्वी क्षेत्रमा आएको ६.८ म्याग्नीच्यूडको भूकम्पमा परेर ४० जनाभन्दा बढीको ज्यान गएको थियो ।

यसैबीच, सिन्ह्वाका अनुसार सोलोमोन द्वीपमा सोमबार ५.४ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । उक्त भूकम्पबाट के कति जनधनको क्षति भयो भन्ने बारेमा विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !