१० पुस २०८१, बुधबार

पोखरा बसपार्कलाई व्यबस्थित पार्न ग्रावेलिङ गरी सम्माउन सुरु


कार्तिक ९, पोखरा | पोखरामा अस्त व्यस्त ढंगबाट बसहरु छुट्ने गरेकोमा  अब देखि पोखरा बसपार्कबाटै लामो दुरीका बसहरु छुटने भएका छन। बसपार्कमा रहेका खाल्टाखुल्टी पुर्न र व्यबस्थित पार्न बसपार्कमा ग्रावेलिङ गरी सम्माउने काम भईरहेको सहारा क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए ।

 

करिब ५ लाखको बजेटमा हुन लागेको उक्त कार्य पोखरा लेखनाथ महानगरपालिकाको ८० प्रतिशत र २० प्रतिशत क्लवको आर्थिक सहयोगमा उक्त बस पार्क सम्माउने काम भएको होे । बसपार्कमा सम्माउने काम केहि दिन देखि भई रहेको हो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !