९ पुस २०८१, मंगलबार

काठमाडौंमा अन्तर्राष्ट्रिय मिडिया सम्मेलन सुरु


असोज २३, काठमाडौँ । ‘अभिव्यक्ति स्वतन्त्रताको प्रवद्र्धन र मिडियामा सीमान्ती कृत समुदायको आवाज’ विषयमा काठमाडौंमा दुईदिने अन्तर्राष्ट्रिय मिडिया सम्मेलन सुरु भएको छ । नेपाल पत्रकार महासंघ र इन्टरनेसनल अलर्टको आयोजनामा भएको सम्मेलनमा प्राज्ञिक क्षेत्र, नीति–निर्माता, पत्रकार, सरकारी अधिकारी, नागरिक समुदायलगायतको उपस्थिति रहेको छ ।

कार्यक्रममा सभामुख ओनसरी घर्तीले देश संविधान कार्यान्वयनको अवस्थामा रहेकाले त्यसमा पत्रकारिता क्षेत्रको ठूलो भूमिका हुने बताइन् । उनले सीमान्तकृत र पछाडि परेका समुदायको आवाजलाई प्राथमिकता दिन सन्चारमाध्यमहरुलाई आग्रह पनि गरिन् ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले स्थानीय तह र प्रदेशले कानुन बनाउँदा पत्रकारिताको मर्म नमर्ने गरी बताउनु पर्ने बताए । सम्मेलनमा दक्षिण एसियाली राष्ट्रहरुबीच कठिन अवस्थाको रिपोर्टिङ, पत्रकारको सुरक्षा, विभिन्न समुदायको आवाज, मिडियामा महिलालगायत विषयमा छलफल हुने आयोजक पक्षले जनाएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !