७ मंसिर २०८१, शुक्रबार

पर्यटकीय गन्तव्य बन्दै कास्कीको शीतल गुफा


kf]v/f, ! h]7 M zLtn u’kmf P]ltxfl;s, wfld{s Pjd k’/ftflTjs dxTj af]s]sf] sf:sLsf] cGgk”0f{ ufpFkflnsf–% ;Nofgl:yt zLtn u’kmf . lj;+ @)#* df kQfnfu]sf] kf]v/f–afun’ª /fhdfu{df kg]{ ;f] u’kmfsf] ljsf;df oltv]/ :yfgLosf] ;lqmotf a9]sf] 5 . t:jL/M xl/ afF:tf]nf÷/f;;

पोखरा, १ जेठ । ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको कास्की जिल्लाको झोवाङस्थित शीतल गुफा यस क्षेत्रकै थप पर्यटकीयस्थलका रुपमा विकसित भएको छ ।

यहाँको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिकाका वडा नं ५ सल्यानस्थित प्रचुर पर्यटकीय सम्भावना रहेको सो गुफालाई स्थानीय पहलमा व्यवस्थित गरिएको हो ।

पोखरा–बागलुङ राजमार्ग खण्डको झुवारी खोला पुलसँगै सुगमस्थानमा अवस्थित प्राचीन गुफासम्म पुग्नका लागि ६० लाखभन्दा बढी खर्च गरी आवश्यक भौतिक संरचना तयार गरिएको शीतल गुफा धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष सदाखर पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सडकबाट लगभग ३५ मिटरको दूरीमा रहेको सो गुफाको विकास निर्माणसँगै प्रवद्र्धनका लागि गण्डकी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको रु सात साख, डिभिजन वन कार्यालयको रु पाँच लाख, गाउँपालिकाको.रु नौ लाख प्राप्त भएको र बाँकी स्थानीय व्यक्तिबाट सहयोग जुटाइएको हो ।

“२५० मिटर लम्बाइको सो गुफाको प्रवेशद्वारमा परम्परागत कुटानी पिसानीका साधन ढिकी र जाँतो, १०८ पाला, पञ्चेबाजा, पाँच पाण्डव गुप्तबास बसेको, शिवजीको मुखबाट पानी झरेको देख्न पाइन्छ उहाँले भन्नुभयो ।”

गुफाबाट केही भित्र गएपछि १० मिटरको भ¥याङ चढेपछि दोस्रो तलामा प्रवेश गरिने बताउँदै उहाँले उक्त स्थानमा हजाराँैको सङ्ख्यामा चमेरा रहेको बताउनुभयो ।

कास्कीको विरेठाँटीका सहायक प्रधानाध्यापक रहनुभएका अध्यक्ष पौडेलले भन्नुभयो, २०३८ सालको वैशाख महिनामा शैक्षिक भ्रमणका रुपमा ४५ जना विद्यार्थी लिएर पहिलोपटक प्रवेशसँगै गुफा पत्ता लागेको हो ।

“विद्यार्थीले पोखराको महेन्द्र गुफा भ्रमण जाने इच्छा जाहेर गरे पनि नजिकको गुफाको प्रवद्र्धन गर्ने लक्ष्यका साथ लाइट र मैन्टोल लिएर भित्र पस्यौँ”, उहाँले भन्नुभयो, “अप्ठेरो गरेर भित्र पसेपछि गुफामा झलझल बलेका अलौकिक देवदेवीका आकृति देख्दा विद्यार्थीमा पनि खुशियाली छाएको थियो ।”

पोखराबाट लगभग ४० किलोमिटरको दूरीमा रहेको सो गुफाभित्र प्रशस्त चमेरा रहेको ६९ वर्षीय स्थानीय बासिन्दा नरहरि पौडेलले जानकारी दिनुभयो । गाउँमा कोदोको बीउका लागि गुफामा प्रवेश गरेर चमेराको मल ल्याउने गरेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “चमेराको मल राखेपछि बीउ सप्रिन्थ्यो ।”

गुफाभित्र फराकिलो रहेका कारण ओहोरदोहोरमा खासै अप्ठेरो नपर्ने बताउँदै उहाँले विद्युत् लाइन विस्तार गरिने तयारी भइरहेको जानकारी दिनुभयो । सडकबाट ५० मिटरमात्र दूरीको नजिकमा भए पनि बाह्रै महिना झुवारी खोलामा पानी हुने हुँदा गुफाको प्रवेशद्वारसम्म पुग्न निकै कठिन थियो ।

सडकदेखि गुफाको प्रवेशद्वारसम्म पुग्नका लागि फलामे रेलिङबारसहित ढुङ्गा बिछ्याएर बाटोसँगै झुवारी खोलामा पुलसमेत निर्माण गरिएको बताउँदै उहाँले त्यसपछिको स्थानमा चौतारा, शिव र गणेश मन्दिर, खानेपानी, शौचालय तथा आवश्यक पार्किङको समेत व्यवस्था गरिएको जानकारी दिनुभयो ।

कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीमा पनि नियमित निर्माण कार्य भइरहेको बताउँदै उहाँले गुफाको उत्तर पश्चिमतर्पm १०५ धारा निर्माण गर्ने तयारी भइरहेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले गुफा परिसरमा निर्माण गरिने १०८ धाराका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । धारा निर्माणका लागि गाउँपालिकाको तर्पmबाट चालु आर्थिक वर्षमा लागत स्टमेटसमेत तयार गरिएको छ ।

सो गुफामा विशेषगरी परम्परादेखि नै बालाचतुर्दशीमा सद्बीज छर्ने र शिवरात्रिमा गाईको दूध चढाउने श्रद्धालु भक्तजनको भीड लाग्ने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

गण्डकी प्रदेश सरकारले ११० वटा पर्यटकीय गन्तव्य सार्वजनिक गरी व्यवस्थापनमा जुटिरहेको वर्तमान अवस्थामा शीतल गुफालाई प्रचार प्रसारसँगै थप गन्तव्यका रुपमा विकास गर्ने योजना रहेको अन्नपूर्ण–५ का वडाअध्यक्ष जीवनाथ पौडेलले जानकारी दिनुभयो ।

गुफा परिसरमा स्थानीय दलबहादुर क्षेत्रीले रु ११ लाखको लागतमा शिव मन्दिर, गणेश मन्दिरलगायतका विभिन्न भौतिक संरचना निर्माण गर्नुभएको छ । स्व छोरा हरिबहादुर क्षेत्रीको स्मृतिमा उहाँको परिवारले उक्त मन्दिरसहितको संरचना निर्माण गरेको हो ।

पर्वत, बागलुङ, म्याग्दी हुँदै हिमालपारिको जिल्ला मुस्ताङसम्म दैनिक सयौँको सङ्ख्यामा यातायातका साधन ओहोरदोहोर गर्ने पोखरा–बागलुङ सडकमा रहेको उक्त गुफाले धार्मिक एवं आन्तरिक तथा बाह्य पर्यटकको छुट्टै एउटा आकर्षक गन्तव्यको सम्भावना बोकेको छ । तस्वीर उपलब्ध छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !