३० कार्तिक २०८१, शुक्रबार

आलोचनालाई स्वीकार्दै मध्यरातमा रबि लामिछानेले लेखे यस्तो स्टाटस


रबि लामिछाने

३१ बैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रणको लागि गरिएको लकडाउनको समयमा केहि नेपाली कलाकारहरु र संचारकर्मीसहितले मो:मो खाँदै गरिएको केहि तस्विर सामाजिक संजालमा भाइरल भएको छ ।

चर्चित पत्रकार रबि लामिछाने, निकिता पौडेल, दिपकराज गिरि, दिपा निरौलालगायत अन्य कलाकारहरु संगै मो:मो खाँदै गरिएको केहि भिडियो र तस्विरले गर्दा अहिले उनीहरुको आलोचना भइरहेको छ ।

यस विषयलाई लिएर रबि लामिछानेले आज एक स्टाटस लेख्दै भनेका छन्, “खाना खाएको फोटोमा चर्चा चलेछ । पार्टी गरेको होइन,रमझमपनि होइन,सार्वजनिक स्थानमा भिड्भाड जम्मा गरेको पनि होइन । अत्यन्त सजग र सचेत हुँदै चिने जानेका साथीहरूको आग्रहमा,महत्त्वपूर्ण सल्लाह र छलफल सके पछि घर भित्रै ६/८ जना मात्रै भएको स्थानमा पाकेको/पकाएको खाना खाएका हौ । हामीले आफ्नो घरमा कसैलाई बोलाएर भोज,भतेर वा जमघट गरेका होइनौ।काम पछि, छलफल सकिए पछिको सामान्य खाना हो,साथीले श्रद्दाले पस्केर दिएको खाना।रमाइला साथीहरू भेट्दा र फोटो खिच्दा २ इन्ची बढी जरुर हासियो,गल्ती चाहिँ आवश्यक दुरि कायम गरिएन।भएको चाहिँ यत्ति हो।अस्तिबाट संक्रमितको संख्या बढेपछी हिजो कै कार्यक्रममा आफ्नै आलोचना गरेको छु।लकडाउनको शुरूवातका दिनमा जस्तो होसियार भैएन, हेलचेक्राइ गरियो,आज बाट म त सचेत हुन्छु तपाइ पनि सजग हुनुहोस् भनेको छु।सायद जसलाई माया गरिन्छ उसै बाट अपेक्षा गरिन्छ त्यसैले अन्यथा पटक्कै लिएको छैन।सबै आलोचनाहरुलाई स्विकार्दै आगामी दिनमा अझै बढी जिम्मेवार,सजग र सचेत हुने प्रयास गर्नेछु।आजपनि बिहान ७ बजेदेखि साझ ७ बजेसम्म स्टुडियो भित्र थिए । काम बाट ब्रेक लिएर आजपनि साथीहरूसँगै खाना खाएको छु,तर भोज वा पार्टी गरेको छैन, होइन । धन्यवाद !”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !