१२ आश्विन २०८१, शनिबार

एक लाख बढीले गरे क्यान कमटेकको अवलोकन


असोज २, काठमाडौँ । भदौ २९ देखि राजधानीको भृकुटीमन्डपमा आयोजित ‘सुबिसु क्यान कमटेक २०१७’ आइतबार उत्साहजनकरुपमा सम्पन्न भएको आयोजक क्यान महासंघले जनाएको छ । सूचना तथा सन्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले क्यान महासंघले यस्तो प्रदर्शनी आयोजना गर्दै आएको छ ।

मेलाको १ लाख १६ हजार बढीले अवलोकन गरेको महासंघले जनाएको छ । यस संस्करणको क्यान कमटेकमा कम्युनिकेसन र सेक्युरिटी टेक्नोलोजीलाई विशेष प्राथमिकताका साथ प्रदर्शनी गरिएको थियो ।

मेलामा कुल ९० स्टल रहेका थिए । मेलाको मूल आकर्षणको केन्द्रविन्दु सन्चारसँग सम्बन्धित सामग्री नै रहेको क्यानका वरिष्ठ उपाध्यक्ष हेमन्त चौरासियाले बताए । क्यान कमटेकमा यो वर्ष अवलोकर्ता भने केही घटेको मेलाका स्टल सन्चालकहरुले बताएका छन् ।

मेलामा नौलो प्रविधि भारतमा निर्मित ‘सबली’ मेसिन रहेको थियो । मेसिनले राज्यको मुद्राबाहेक सम्पूर्ण कुराको प्रिन्ट गर्ने क्षमता रहेको क्यान कम टेकका सहभागीले बताए । मेलामा विश्वमा भएको प्रविधि विकासलाई चित्रण गर्नेमा हाजिरी गर्ने विद्युतीय मेसिन तथा ड्रोन क्यामरा रहेका थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !