१८ बैशाख २०८१, मंगलबार

स्थानीय तह निर्बाचनः आज दावी विरोध, शनिबार अन्तिम नामावली प्रकाशन


भदौ २२, काठमाडौं । निर्वाचन आयोगले प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनका लागि बुधबार परेको उम्मेदवारीमाथि दाबी विरोध गर्न आजको समय दिएको छ । आयोगले आज १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको विरोधमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने व्यवस्था गरेको हो ।

त्यसपछि उजुरीमाथि छानबिन गरी शुक्रबार दिउँसो १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिने आयोगले जनाएको छ ।

आयोगले उम्मेदवारले नाम फिर्ता लिन चाहे शुक्रबार साँझ ५ बजेसम्मको समय तोकिदिएको छ । शनिबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्ने आयोगको तयारी छ ।

शनिबार नै चुनाव चिह्नसमेत वितरण गरिने भएको छ । प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहका लागि हिजो १८ हजार २ सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !