१२ बैशाख २०८१, बुधबार

कोरोना संक्रमणबाट अमेरिकाका नाटककार मेक्नलीको मृत्यु


टेरेन्स मेक्नली

१२ चैत, एजेन्सी । अमेरिकाका नाटककार टेरेन्स मेक्नलीको कोरोना भाइरस संक्रमणबाट मृत्कोयु भएको छ । मेक्नलीको फ्लोरिडामा ज्यान गएको हो । टोनी पुरस्कार चार पटकसम्म जितेका मेक्नली ८१ वर्षका थिए । ६० वर्षको करियरमा उनले तीन दर्जनभन्दा बढी नाटक लेखेका थिए ।

मेक्नलीको फोक्सोको एउटामात्र भाग क्यान्सरबाट जोगिएको थियो । क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिसअर्डरबाट उनी जोगिँदै आएका थिए । यसैबीच ८६ वर्षका अफ्रिकाका प्रसिद्ध स्याक्सोफोन बादक मानु डिबांगोको पनि कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । कोरोना भाइरसबाट मृत्यु हुने उनी विश्वको पहिलो प्रसिद्ध कलाकार भएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !