६ बैशाख २०८१, बिहिबार

[अपडेट] खोटाङको बर्खेटार भिरबाट बस दुर्घटना, मृत्यु हुनेको संख्या २४ पुग्यो


खोटाङको महादेवस्थान–१ काभ्रेमा यात्रुवाहक बस दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ।

दिक्तेलबाट काठमाडौंका लागि छुटेको बा २ ख ६३७६ नम्बरको बस मंगलबार विहान महादेवस्थान–१ काभ्रेमा सडकबाट खस्दा १२ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए।

विहान ५ बजे काठमाडौंका लागि छुटेको यात्रुवाहक बस बाटोबाट झन्डै तीन सय मिटर तल खसेको राईले बताए।

बस सडकबाट झन्डै तीन सय मिटर तल खसेर रुखमा अड्किएको तोलामीले जानकारी दिए। बस रुखमा अड्किएकाले घाइतेहरुको उद्धार तथा मृतकको शव निकाल्न कठिनाई भइरहेको उनले बताए।

बसमा ४० भन्दा बढी यात्रु सवार थिए। दुर्घटनाको जानकारी पाउना साथ प्रहरीको टोली घटनास्थलमा पुगेको र उद्धार कार्यक्रमा जुटेको तोलामीले बताए।

मृत्यु हुनेमध्ये गाडी चालक पर्साका अर्जुन उप्रेती, खोटाङ दिक्तेल नगरपालिका–१४ का सन्तोश कट्वाल, च्यास्मिटार–८ का सुरेन्द्रकुमार राई, च्यास्मिटारकै रविन राई, निर्मलीडाँडा–३ की विमला राई, डिकुवा–८ का मोजा राई, याम्खा–७ का भैरव राई, खार्मी–५ का मित्राकुमार राई, दिप्सुङ–४ का गोविन्द तिम्सिना, उदयपुर बास्बोटे–३ का बबिन राई, उदयपुर ठोना–३ का हेम सुनार, धादीनारायण श्रेष्ठ, उदयपुर ताम्लिछा–५ की शान्ता राई, ओमश्री राई, सोलुखुम्बुका सोम सुन्दास र सुस्मा राईको सनाखत भएको सशस्त्र प्रहरी हलेसी गुल्मका निरीक्षक फुर्गेली शेर्पाले बताए । अन्यको सनाखत हुन सकेको छैन । मृतक शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइँदै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !