१४ फागुन, काठमाडौं । संविधान संशोधनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बनाएको कार्यदल भङ्ग गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा बनाएको कार्यदलका सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा कार्यदलमा बस्न तयार नभएपछि भङ्ग गरेको हो ।
राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्ने निर्णय पार्टीभित्र र बाहिर पनि चर्को आलोचना भएपछि कार्यदललाई निष्कृय बनाउने निर्णय गरेको छ ।