७ मंसिर २०८१, शुक्रबार

प्रतिनिधिसभामा चार विधेयक पेश


विधेयक पेश

काठमाडौँ, २१ माघ । प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक पेश भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’, ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ ’, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६ र ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६’ पेश गर्नुभएको हो ।

यसअघि मन्त्री खतिवडाले चारै विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रतिनिधिसभाको बैठकमा राख्नुभएको थियो । बैठकको अनुमतिपछि ती विधेयक बैठकमा पेश गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !