१२ आश्विन २०८१, शनिबार

रेलमार्गका लागि ४ अर्ब २ करोड, द्रुत मार्गलाई १० अर्ब ७४ करोड


budget-074-075

काठमाडौं : सरकारले राष्ट्रिय गौरवका आयोजनाका लागि पर्याप्त बजेट छुट्याएको छ।

अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्ष राष्ट्रिय प्रसारण लाइनमा जोडिने क्रममा रहेको माथिल्लो तामाकोसीका लागि ५० करोड बिनियोजन गरिएको बताए।

बुढी गण्डकी जलविद्युतका लागि १० अर्ब १७ करोड रुपैयाँ छुट्याएका छन्। यसैगरी रानीजमरा सिंचाइ, भेरी बबई सिंचाइ, सिक्टा सिँचाइ र बबई गरी चार आयोजनाका लागि ५ अर्ब १६ करोड छुट्याएको उनले बताए।

सरकारले निजगढ विमानस्थल, गौतमबुद्ध विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थलका लागि १३ अर्ब ७२ करोड रुपैयाँ छुट्याएको छ। सरकारले काठमाडौं-हेटौंडा द्रुतमार्गका लागि १० अर्ब ७४ करोड छुट्याएको छ। हुलाकी राजमार्गका लागि ४ अर्ब २७ करोड रुपैयाँ छुट्याएको छ।

कोसी करिडोर, कालीगण्डकी करिडोर र कर्णाली करिडोरका लागि दुई अर्ब ३ करोड रुपैयाँ छुट्याएको महराले बताए। हुम्ला र डोल्पा सडक लैजान ३० करोड छुट्याएको उनले बताए।

यसैगरी रेलमार्गका लागि ४ अर्ब २ करोड, पशुपति तथा लुम्बिनी क्षेत्र विकासका लागि एक अर्ब १६ करोड रुपैयाँ छुट्याएको उनले बताए। साथै मेलम्ची खानेपानीका लागि ६ अर्ब ५७ करोड रुपैयाँ, चुरे संरक्षण कार्यक्रमका लागि एक अर्ब ९२ करोड रुपैयाँ छुट्याएको महराले बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !