१२ आश्विन २०८१, शनिबार

बुढीगण्डकी जलविद्युत आयोजनालाई १० अर्ब बिनियोजन


budget-074-075

काठमाडौं : १२ सय मेगावट क्षमताको जलाशय युक्त राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनका लागि सरकारले १० अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

गत वर्ष पनि सरकारले जग्गा प्राप्ति र मुआब्जा वितरणका लागि भन्दै ५ अर्ब रुपैयाँ र पेट्रोलियम प्रदार्थमा प्रतिलिटर ५ रुपैयाँ पूर्वधार कर लगाएको थियो ।

पुनः सरकारले यस वर्ष पनि मुआब्जा वितरणका लागि भन्दै १० अब १७ करोड रकम विनियोजन गरेको हो । आयोजनाबाट प्रभावित गोरखा र धादिङको २७ गाविसका ५८ हजार रोपनी भन्दा बढी जग्गा डुबान पर्ने छ । मुआब्जा वितरणकै लागि करिब ६३ अर्ब लाग्ने प्राम्भिक अनुमान छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !