५ जेष्ठ २०८१, शनिबार

नवौँ अन्तरराष्ट्रिय कराते प्रतियोगितामा मिसन गोजुरीयोबाट नेपालको प्रतिनिधित्व


karate

भैरहवा, १४ पुस । यही पुस २४, २५ र २६ गते भारतको कोलकाता उलबरियास्थित रवीन्द्र भवनमा हुने नवौँ अन्तरराष्ट्रिय कराते च्याम्पियनसिप २०२० तथा अन्तरराष्ट्रिय स्पोर्टस एक्सलेन्स अवार्डमा नेपालका तर्फबाट मिसन गोजुरियोको टोलीले भाग लिने भएको छ । जापान गोजुरियो कराते डो मिसन सङ्घ नेपालका प्रमुख प्र्रशिक्षक केबी रानाले पाँच देशका पाँच सय खेलाडीको प्रतिस्पर्धा हुने उक्त प्रतियोगितामा नेपाली टोलीको नेतृत्व मिसन गोजुरियोले गर्ने पत्रकार सम्मेलनमा बताउनुभयो । प्रतियोगितामा श्रीलङ्का, भुटान, बंगलादेश, नेपाल र भारतका खेलाडीले प्रतिसपर्धा गर्ने छन् ।

मिसन गोजुरीयाका संस्थापक अध्यक्ष रानाले प्रतितयोगितामा १० वर्ष उमेर समूहदेखि १९ वर्षभन्दा माथिको उमेर समूहका करातेका कुमुतें र काता विधामा प्रतिसपर्धा हुने बताउनुभयो । यसअघि पुना, दिल्ली र पटनामा भएको अन्तराष्ट्रिय च्याम्पीयनपिपमा टिम च्याम्पियनसमेत रहेको नेपाली टोलीले नवौँ अन्तरराष्ट्रिय प्रतियोगितामा पनि दमदार प्रतिसपर्धा गर्ने मिसन गोजुरियोका केन्द्रीय सचिव गिरीप्रसाद पुनले बताउनुभयो । प्रतियोगितामा सात महिलासहित २० खेलाडी र सात अधिकृत गरी २७ जना सहभागी हुने बताइएको छ ।

प्रतियोगितामा विगतमा अन्तरराष्ट्रिय च्याम्पियनसिपमा स्वर्णपदक विजेता रुपा राना, सन्तु थारु, सुमन परियार, साहिल गुरुङ, विपीन गुरुङलगायतको सहभागिता हुने मिसन गोजुरियो रुपन्देहीका अध्यक्ष उमेश थापाले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !