११ बैशाख २०८१, मंगलबार

राष्ट्रियसभा निर्वाचनका लागि ११ दललाई निर्वाचन चिह्न प्रदान


Election-Commission-Nepal

९ मंसिर, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि चुनाव चिह्न प्रदान गरेको छ । दर्ता भएका राजनीतिक दलहरूलाई आयोगले माघ ९ गते हुन लागेको निर्वाचनका लागि ११ दललाई चुनाव चिह्न दिएको हो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सूर्य, नेपाली कांग्रेसलाई रुख, समाजवादी पार्टीलाई पाँच औंलासहितको हत्केला, राष्ट्रिय जनता पार्टीलाई ढल्केको छाता, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)लाई हलो, राष्ट्रिय जनमोर्चालाई गिलास, नेपाल मजदुर किसान पार्टीले मादल, नेपाल संघीय समाजवादी पार्टीले बस, नेपाली जनता दलले गोरु गाडाको चक्का र इतिहासिक प्रजातान्त्रिक जनता पार्टीले ट्याक्टर चुनाव चिह्न पाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !