५ जेष्ठ २०८१, शनिबार

कतार कम्पनीको विमानले गर्यो विश्वको सबैभन्दा लामो उडान


Qatar - airways

कतार एयरवेजको विमान नम्बर क्यूआर ९२० ले आफ्नो निर्धारित १४ हजार ५३५ किलोमिटर पूरा गरी निर्धारित समयभन्दा केही मिनेट पहिल्यै अकल्यान्डमा अवतरण भएको छ ।

यससँगै कतारको राजधानी दोहाबाट अकल्यान्डका लागि उडेको उक्त विमानले यस पहिले दुबईको इमिरेट्स विमान कम्पनीले दुबईबाट अकल्यान्डसम्मको दूरी पार गरी केही समय पहिले विश्वको सबैभन्दा लामो उडान गरी राखेको किर्तिमानलाई छायाँमा पारिदिएको छ । इमिरेट्स कम्पनीको विमानले कतारको विमान कम्पनीको भन्दा ३०० किलोमिटर कम उडान भरेर रेकर्ड बनाएको थियो । – एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !