५ मंसिर २०८१, बुधबार

दिया-साहिलले लामो वैवाहिक सम्बन्ध तोडे


एजेन्सी । बलिउड नायिका दिया मिर्जाले साहिल सांघासँगको आफ्नो ११ वर्ष लामो वैवाहिक सम्बन्ध तोडेको घोषणा गरेकी छिन् । दिया र साहिलले बिहिबार एक संयुक्त वक्तव्य जारी गर्दै यी दुईले आफ्नो वैवाहिक सम्बन्ध तोडेको इन्स्टाग्राममार्फत् घोषणा गरेका हुन् ।

उक्त वक्तव्यमा लेखिएको छ, ‘११ वर्षको साझेदारीपश्चात् हामीले अन्ततः आपसी सहमतीमा छुट्टिने निर्णय गरेका छौं । हामी साथीको रुपमा रहिरहनेछौं र एक–अर्काप्रतिको माया र सम्मान सधैं कायम राख्ने प्रतिबद्धता व्यक्त गर्छौं ।’

‘रेहेना हे तेरे दिल मे, संजु, लगे रहो मुन्ना भाइ’ लगायतका थुप्रै फिल्ममा अभिनय गरेकी दिया मिर्जाले आफ्नो लामो समयदेखिका बिजनेस पार्टनर साहिल सांघासँग सन् २०१४ को अक्टोबरमा विवाह गरेकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !