दाँत दुखाई सहन नसक्दा प्राय हामी चिकित्सक कहाँ पुगिहाल्छौ, तर घरेलु उपायतिर ध्यान दिँदैनौँ । जान्नुहोस्, दाँत दुख्दा अपनाउन सकिने घरेलु उपाय, जसले तत्कालै आराम दिन्छ ।
कागती
‘कागतीमा भिटामिन सी हुन्छ, जसले दाँतको दुखाईबाट छुट्कारा दिलाउँन सक्छ । दुखेको भागमा कागती लगाउँन तुरुन्तै राहत मिल्छ ।’
आलु
‘यदि दाँतको दुखाईका साथ–साथै सुन्निने पनि भए आलुलाई ताछेर त्यसको टुक्रालाई दुखेको ठाउँमा १५ मिनेट राख्नुहोस्, चाँडै आराम महशुस गर्नुहुन्छ ।’
लसुन
‘लसुनको एक पोटीलाई नुनसँग खानुहोस्, यसले दाँतको दुखाईबाट राहत दिन्छ ।
प्याज
हरेक तीन मिनेटमा प्याँजको एक टुक्रा खाने गरेमा मुखका किटाणु मर्छन् र यसले दाँतको दुखाई पनि कम गर्छ ।’
ल्वांग
‘सबैलाई थाहा भएको कुरा, दाँत दुखेमा ल्वांगले तुरुन्तै आराम दिन्छ । दुखेको भागमा ल्वांग वा ल्वांगको तेल लगाउन सक्नुहुन्छ ।’-एजेन्सी