७ आश्विन २०८१, सोमबार

घर भत्केर एकको मृत्यु


निधन

धादिङ, २७ असार । अविरल वर्षाका कारण गजुरी गाउँपालिका–४ बालुवाडाँडामा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कृष्णबहादुर तामाङकी आठ वर्षीया छोरी अस्मिता तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । घर भत्किँदा १२ वर्षीय जयराम तामाङ घाइते भएकोले उपचार भइरहेको छ ।

लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग खण्डका विभिन्न स्थानमा सडक अवरोध भएको छ । पृथ्वी राजमार्ग माथिबाट खनिएका सडकको लेदो सडकमा आएर राजमार्ग अवरुद्ध भएको हो । बेनिघाट, गल्छी लगायतका स्थानमा सडक अवरुद्ध भएपछि डोजरको सहायताले लेदो हटाइ एकातर्फी सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

निर्माण कार्य सम्पन्न हुन नपाउँदै नीलकण्ठ नगरपालिकास्थित शीतल बजारमा सडक भाँसिएपछि पाँच घर भत्किएका छन् । आसपासका एक दर्जन घर जोखिममा परेका बताइएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !