७ आश्विन २०८१, सोमबार

आणविक भट्टी किन ?


२४ असार, काठमाडौं । रेडियोधर्मी पदार्थ नियमन गर्न ऐन चाहिने विज्ञले सुझाव दिएका छन् । पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोगका लागि बनेको विधेयकमा सुझाव दिँदै विज्ञले यस्तो बताएका हुन् ।

शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलमा विज्ञहरूले विकिरणको ९९ प्रतिशत प्रयोग स्वास्थ्य क्षेत्रमा हुने भन्दै विधेयकको आवश्यकता औँल्याए। ‘९८ देखि ९९ प्रतिशत विकिरणको प्रयोग स्वास्थ्य क्षेत्रमै हुन्छ’, विज्ञ प्रा.डा.शान्ताराज श्रेष्ठले भने, ‘नियमन गर्ने कानुन नहुँदा च्याउजस्तै एक्स–रे खुलेका छन्। कानुन बनाउन अत्यन्तै जरुरी भइसक्यो ।’

विधेयकले पारमाणविक विषयमा धरै समेटेको तर रेडियोधर्मी पदार्थको विकिरणले स्वास्थ्य क्षेत्रमा पारेको प्रभावलाई खासै समेट्न नसकेको विज्ञको तर्क छ । ‘२०६४ देखिनै यो सम्बन्धि कानुन बन्ने भनेको अहिलेसम्म बनेको छैन। विधेयक रेडियोधर्मी विकिरणबारे कमेै बोलेको छ’, वीर अस्पतालका रेडियोलोष्टि प्रा.डा. श्यामप्रकाश पण्डितले भने, ‘भर्खरै वीर अस्पतालमा रेडिएसन लिक हुँदा भएको समस्या हामीले देख्यौँ। यसलाई शून्य बनाउन सकिँदैन तर घटाउनुपर्छ । विकिरणको क्षेत्रमा काम गर्ने कर्मचारीलाई विषेश ध्यान दिन आवश्यक देखिन्छ ।’

प्रसूति गृह थापाथलीका रेडियोलोजिष्ट डा. निरज अर्यालले एक्स–रेसम्बन्धी सामान्य प्रविधि पनि नेपालमा नहुँदा समस्या भएको बताए । उनले विदेशबाट आउने प्रविधिको गुणस्तर मापनसमेत नहुँदा समस्या निम्तिएको बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा चिरञ्जीवी घिमिरेले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !