६ आश्विन २०८१, आइतबार

पैदलमार्ग निर्माणमा बडिखलेवासी


Nepalpatra

ललितपुर, ११ असार । गोदावरी नगरपालिका–४ का बडिखलेवासी डाँडाबाट पैदमार्ग निर्माण गर्ने योजनाका साथ हातमा कोदालो, चाँदे र हँसिया लिएर अघि बढेका छन् ।

सरकारले फागुन १ गतेदेखि देशव्यापी रुपमा लागू गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रममा भाग लिएका यी बेरोजगार बडिखेलवासीले पाँच किलोमिटर सडक खन्ने रोजगारी पाएका हुन् ।

गोदावरीको पर्यटक प्रवद्र्धनका लागि बडिखेलको कुमारीमार्ग हँुदै तपेश्वर मन्दिरको डाँडो र सो डाँडो हुँदै नगरपालिकाले अघि बढाएको पैदलमार्ग निर्माणको स्थानसम्म उनीहरुले काम गरिरहेको नगरपालिका–४ का वडाध्यक्ष मुकुन्दबहादुर पहरीले जानकारी दिनुभयो ।

“वडाको रोजगार सूचना केन्द्रमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि निवेदन दिएको २०० जनामध्ये ६० जनाले रोजगार पाएको छ”, उहाँले भन्नुभयो, “बिहान १० देखि साँझ ५ बजेसम्म काम गर्ने मिस्त्रीलाई दैनिक रु ९५३ र अन्यलाई रु ७०० का दरले दुई चरणको ज्याला दिएका छौँ ।” सो कार्यक्रममा १५ पुरुष र ४५ जना महिलाले भाग लिइरहेका वडाध्यक्ष पहरीले बताउनुभयो ।

“यो कार्यक्रमका लागि सरकारले रु पाँच लाख बजेट पठाएको छ, वडाध्यक्ष पहरीले भन्नुभयो, “काम गर्दा कामदारले लगाउने लुगा र औजार खरीदमा करीब रु एक लाख खर्च भएको छ । बाँकी रु चार लाख पैदलमार्ग निर्माणमा खर्च गरिनेछ ।” (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !