६ आश्विन २०८१, आइतबार

पहरा खोपेर फलामे भ¥याङ


Nepalpatra

चौतारा, १० असार । सिन्धुपाल्चोकको जुगलगाउँपालिका–३ गुम्बा गाउँमा स्थानीयवासीको सहभागितामा विकट पहरा खोपेर ३०० मिटर लामो फलामे भ¥याङ निर्माण गरिएको छ । तत्कालीन गुम्बा गाविसको तेम्वाथानवासीले आवतजावत गर्ने लाक्याम डाँडाको अनकण्टार पहरामा प्वाल खोपेर एक मिटर चौडाइले रेलिङसहितको फलामे भ¥याङ निर्माण गरिएको हो ।

यसअघि स्थानीयवासीले पहराको बीचबीचमा फलामे काँटी ठोकेर फल्याक राखी जोखिमपूर्ण यात्रा गर्ने गरेका थिए । त्यसबाट दुर्घटना भएमा करीब एक किलोमिटर तलको बलेफी नदीमा खसेर ज्यान गुमाउनुपर्ने बाध्यताबाट मुक्त भएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो । स्थानीयवासीबाहेक अरू गाउँका बासिन्दा उक्त जोखिमपूर्ण बाटो हिँड्न नसक्ने हुँदा भ¥याङ निर्माणपछि घुमाउरो बाटो हिँडेर तेम्वाथान पुग्ने तीन घण्टाको समय बचत भएको छ ।

जुगल हिमशृङ्खलाको फेदीमा पर्ने तामाङ बाहुल्यता रहेको सो वडाको तेम्वाथानभन्दा माथि मानव बस्ती छैन । पर्यटन मार्गलाई सधाउ पु¥याउने उद्देश्यले छेनयाङ र ने–पेमासाल भन्ने दुई स्थानमा शौचालयसहितको दुई÷दुईकोठे विश्राम गृहसमेत निर्माण गरिएको छ । तीनवटै कामका लागि प्रदेश ३ ले रु ५० लाख अनुदान उपलब्ध गराएको गाउँपालिका महासङ्घका अध्यक्षसमेत रहनुभएका श्रष्ठले बताउनुभयो । उक्त फलामे भ¥याङको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले गर्नुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !