९ असार २०८१, आइतबार

१२ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेर डाक्टर केसीले २२ अौं दिन अनसन तोडे


doctor-kc

वरिष्ठ चिकित्सक गोविन्द केसी र सरकारी वार्ता टोलीका प्रतिनिधिबीच शनिबार राति भएको १२ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
आइतबार बिहान ११ बजे डा. केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। यससँगै वरिष्ठ चिकित्सक केसीले २२ दिनदेखि जारी सत्याग्रह तोडेका छन्।

केसीका सहयोगी डा. अभिषेक सिंहका अनुसार केसीले जुस पिएका छन्। ‘१२ बुँदे सम्झौतापत्रमा उहाँले हस्ताक्षरपछि उहाँले जुस पिउनुभयो,’ सिंहले भने। लामो समय अनसन बस्दा गलेका केसीले अनसनस्थलमा जुस पिएका छन्।

त्रिवि शिक्षण अस्पतालको गणेशमानसिंह भवन प्राङ्गणमा निस्किएर जुस पिउने योजना भए पनि स्वास्थ्यअवस्था कमजोर रहेका केसी निस्किन सकेनन्।

डाक्टर केसीलाई सिन्धुपाल्चोकका बालक मार्सङ तामाङले जुस पिलाए। महाभूकम्पमा परी अामा-बाबु गुमाएका तामाङको हातबाट केसीले जुस पिएका हुन्। उनी काठमाडौं बौद्धमा बस्दैअाएका थिए।

शनिबार राति त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनिया लगायत पदाधिकारीको योग्यता, कार्यक्षमता र उनीहरूमाथि लागेको अनियमितता आरोपमा छानबिन गर्न दुई साताभित्र उच्चस्तरीय समिति गठन गर्ने सहमतिलगायत सहमति भएको थियो।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा व्याप्त बेथिति अन्त्य गर्न दसौंपटक अनसनमा बसेका डा। केसी र सरकारी प्रतिनिधिबीच शनिबार पटक–पटक भएको वार्तापछि राति ११ बजेतिर बाह्रबुँदे सहमति भएको हो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !