५ आश्विन २०८१, शनिबार

कोसीमा ‘पाइलट च्यानल’ खन्दै भारत, स्थानीय त्रसित


२ असार, काठमाडौं । कोसी परियोजनाले सप्तकोसी नदीको नेपाल तर्फको भागमा खनेको पाइलट च्यानल पुनः गहिरो बनाउन सुरु गरेको छ ।

भारतले नेपाललाई कुनै जानकारी दिएको छैन । सप्तरीको हनुमानगर कंकालनी नगरपालिकाको वडा नम्बर १३ मा पाइलट च्यानल खन्दा गोबगाढा बस्ती नै डुबेको थियो ।

भारतले च्यानल गहिरो बनाउन थालेपछि बस्ती डुब्ने आशंकाले स्थानीय त्रसित बनेका छन् । परियोजनाका अधिकारी निर्देशनमा ठेकेदारले मेसिन लगाएर गहिरो र फराकिलो बनाउने काम गरिरहेको वडा अध्यक्ष बिन्देश्वर यादवले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा जितेन्द्रनारायण ठाकुरले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !