५ आश्विन २०८१, शनिबार

बालसुधार गृहमा क्षमताभन्दा बढी बालबालिका


Nepalpatra

भक्तपुर, १ असार । भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहमा क्षमता भन्दा बढी बालबालिका राख्दा समस्या परेको छ ।

एक सय १० जना क्षमता रहेको उक्त गृहमा हाल २० बालिका र १७० बालकसहित कूल १९० जना बालबालिका राखिएको बाल सुधार गृहका बाल अधिकार संयोजक सञ्जय राजन श्रेष्ठले जानकारी दिनुभयो ।

विभिन्न अपराधमा संलग्न रहेको अभियोगमा कानून बमोजिम सजायको भागिदार भएका बालबालिकाका लागि सञ्चालित बालसुधार गृहमा ठाउँ अभावका कारण बस्ने व्यवस्थामा समस्या परेको श्रेष्ठको भनाइ छ । बालबालिकाको खानपान, परामर्श र अध्ययन भने नियमित सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !