४ आश्विन २०८१, शुक्रबार

लाखौँ मूल्यको मरिच बरामद


Kalo-marich

गौशाला, ६ जेठ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–७ बाट प्रहरीले रु २० लाखभन्दा बढीको मरिच बरामद गरेको छ ।

मटिहानी–७ बस्ने महेशप्रसाद साहको पसलबाट रु २० लाख २५ हजार मूल्य बराबरको कागजात नखुलेको मरिच बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

साहको पसलमा १८ वटा बोरामा २५ किलोको दरले ४५० किलो मरिच लुकाइछिफाइ राखेको अवस्थामा बरामद गरिएको प्रनाउ खड्काले बताउनुभयो । बरामद गरिएको मरिच भारत तस्करी गर्ने मनसायले राखिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ भने यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । बरामद गरिएको मरिच जिल्ला भन्सार कार्यालय, भिट्ठामोडमा बुझाइएको जिप्रकाले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !