४ आश्विन २०८१, शुक्रबार

उच्च अदालतमा मुद्दा फछर्याेटमा वृद्धि


उजुरी

दाङ, ३१ वैशाख । तुलसीपुर उच्च अदालतले चालु आर्थिक वर्षको साउनदेखि वैशाख २७ गतेसम्म ४३५ थान मुद्दा फछ्र्यौट गरेको छ ।

उक्त अदालतका नायबसुब्बा कर्णबहादुर चौधरीले सो अवधिमा अदालतमा दायर भएका ५०३ र अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरेका १८४ गरी जम्मा ६८७ थान मुद्दामध्ये ४३५ थान मुद्दा फछ्र्र्योट भई हाल २५२ थान मुद्दा विचाराधीन रहेको जानकारी दिनुभयो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा जिम्मेवारी सरेर आएका ३७३ र नयाँ दर्ता भएका ३३४ गरी ७०७ थान मुद्दामध्ये ४२८ थान अर्थात ६०।५३ प्रतिशत मुद्दा फछर्योट भएको थियो ।

गत आर्थिक वर्षभन्दा यस आर्थिक वर्षमा २।७८ प्रतिशतले बढी मुद्दा फछ्र्योट भएको छ । छिटोछरितो न्याय सम्पादनका लागि अदालतले नागरिक सहायता कक्ष , निःशुल्क रुपमा निवेदन लेखिदिने व्यवस्था गर्नाका साथै अदालतको सेवालाई प्रविधिमैत्री बनाइ समयमै प्रभावकारी रुपमा मुद्दा छिन्न सफल भएको उक्त अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले बताउनुभयो ।

उहाँले थुनुवा, तथा असहाय, आर्थिक रुपमा विपन्न बालबालिका, र महिलाका मुद्दामा वैतनिक कानून व्यवसायीको व्यवस्था गर्नाका साथै न्यायमा बाह्य पहुँच अभिवृद्धिका लागि समुदायमा अदालत र न्यायाधीशसँग भेटघाट कार्यक्रम पनि नियमित रुपमा भइरहेको बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !