१९ पुस २०८१, शुक्रबार

उपत्यकाका आधा दर्जन स्कुलमा बम फेला, एक स्कुलमा विस्फोट


bomb

काठमाडौं, ४ असोज – शान्ति क्षेत्रका रुपमा लिइने राजधानीका विभिन्न विद्यालयमा बम भेटिएपछि सर्वसाधारण त्रसित बनेका छन् ।

एकाबिहानै ललितपुरको सानेपा, काठमाडौंको डल्लु र जोरपाटीका विद्यालयमा बम फेला परेको हो । जोरपाटीको आकाशद्वीप विद्यालयको गेटमा पेट्रोल बम विस्फोट नै भएको छ ।

आकाशद्वीप विद्यालयको गेटमा बम विस्फोट हुँदा कुनै मानवीय क्षति नभएपनि गेटमा सामान्य क्षती पुगेको बताइएको छ ।

अज्ञात समुहले आकाशद्वीप विद्यालयको गेटमा पेट्रोल बम पड्काएर भागेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विक्रम सिंह थापाले जानकारी दिए ।

उनका अनुसार घटनास्थलमा योङ कम्युनिष्ट फोर्सको पर्चा फेला परेको छ । सो संगठनका अध्यक्ष सुमन देवकोटा रहेका छन् । प्रहरीले उनलाई खोजिरहेको बताएपछि फेला पार्न नसकिएको जनाएको छ । यद्यपी घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ । यद्यपी उनीहरुको परिचय खुलाइएको छैन ।
प्रहरीले डल्लुमा रहेको कञ्चनजंगा विद्याल र ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीको गेटमा संकास्पद बस्तु फेला परेको बताएको छ ।

थापाले विद्यालयमा क्षेत्रमा बम विस्फोट भएसँगै राजधानीका विभिन्न स्थानमा समेत चेकजाँज बढाइएको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !