२० बैशाख २०८१, बिहिबार

तेह्रथुममा आगलागीमा परी एक बालकको मृत्यु, दुई घाइते


१३ चैत, ताप्लेजुङ । तेह्रथुमको लालीगुराँस नगरपालिकामा आगलागीमा परी एक बालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

लालीगुराँस नगरपालिका-१० बस्ने गोपाल मगरको गोठमा शनिबार अपरान्ह ३ बजेतिर अचानक आगलागी हुँदा गोठ नजिकै खेलिरहेका उनका ३ वर्षीय छोरा सुसन मगरको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

आगलागीमा परी मगरसँगै खेलिरहेका स्थानीय ३ वषिर्य मौसम श्रेष्ठ र ४ वर्षका चिरायु मगर घाइते भएका छन् ।

घाइतेमध्ये मौसमको अवस्था गम्भीर रहेकोले उनलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानतर्फ ल्याइएको छ भने अर्का बालकको अवस्था सामान्य रहेकोले घरमै उपचार भइरहेको छ ।

आगलागीको कारणबारे खुल्न नसकेकोले सो बारे अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !