१४ आश्विन २०८१, सोमबार

भारतमा भोलि मतदानः कसले जित्ला चुनाव ?


दिल्ली

२७ चैत, भारत । प्रधानमन्त्री र भाजपासँग कुनै एजेण्डा नभएको भनिए पनि प्रमुख विपक्षी कङ्ग्रेस पनि विपक्षीको हैसियतभन्दा कमजोर अवस्थाबाट गुज्रिएको छ । अघिल्लो निर्वाचन पछि केही विधान सभाका निर्वाचनहरुबाट आफूलाई थोरै सुधारेको देखाएको भए पनि कङ्ग्रेसले पनि आसन्न निर्वाचनमा आफैँ या आफ्नो गठबन्धनले निर्वाचन जित्ने र सरकार निर्माण गर्न सक्ने अवस्था अहिले नै देखिँदैन । कङ्ग्रेस र उसको गठबन्धनले जितेमा प्रधानमन्त्री को हो भन्ने बारेमा अहिले नै स्पष्ट बाहिर आउन नसक्नुलाई पनि कङ्ग्रेसको कमजोर अवस्थाकारुपमा हेर्न सकिन्छ ।

पछिल्लो समय सोनिया गान्धीकी छोरी प्रियंका गान्धीको चर्चाले त्यहाँको निर्वाचन अभियानमा केही तताएको छ । त्यस्तै कतिपय चर्चित कलाकारहरु पनि कङ्ग्रेसबाट निर्वाचन उठ्नेमा दर्ज भएका छन् । यसको माहौल पनि त्यत्तिकै छ । तर पनि यत्तिले मात्र कङ्ग्रेसको पक्षमा माहौल बनाउन पूरै रुपमा सघाउँछ भन्न सकिँदैन । सोनियाको आकर्षण देखिए पनि राहुलको विश्वसनीय र परिपक्व चुनावी वातावरण बन्न सकेको देखिन्न । अनि नेतृत्वबाट भाजपाका विरुद्ध राष्ट्रलाई स्पष्ट र भरपर्दाे नेतृत्व एवम् एजेण्डा दिनसक्ने जस्तो अहिले नै देखिँदैन । कङ्ग्रेसलाई सधैँ लाग्ने नै गरेका आरोपहरु जस्तो परिवारवादी, पुरातनपन्थी, हिन्दूधर्म विरोधी आरोप अहिले पनि लागेकै छ । जुन कुराहरु अहिले पनि भाजपाका एजेण्डा नै बनेका छन् ।

त्यसैले यी सबै माथिका अवस्था र परिस्थितिहरुको मिहिन विश्लेषण गरी हेर्दा भारतमा अहिलेको सत्ता राजनीतिमा आगामी निर्वाचनले आमूल परिवर्तन ल्याउँछ भन्न सकिँदैन । अहिले जे जस्ता प्रश्न उठेको भए पनि अर्काे नेतृत्वमा पनि भाजपाकै सम्भावना बढी देखिन्छ । तर पनि अहिलेको जस्तो स्पष्ट बहुमत नल्याए पनि सरकार निर्माण गर्नसक्ने सामान्य बहुमतमा भाजपाको गठबन्धन नै अगाडि देखिन्छ । जनसंख्या र भूगोलकै हिसाबले विश्वको ठूलो प्रजातन्त्र ठानिने भारतमा हुन लागेको यस आमनिर्वाचनको चासो भारतमा मात्र सीमित हँुदैन, यसको हारजितले सिङ्गो दक्षिण एसियालाई नै कुनै न कुनै रुपमा प्रभाव पार्न खोज्दछ । यसकारण पनि भारतको चुनावी चर्चा बढी नै हुने गर्दछ । (पाठक राससका कार्यकारी सम्पादक हुनुहुन्छ ।)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !