३० कार्तिक २०८१, शुक्रबार

सिरियामा भीषण बम हमला जारी


syriya

सिरियामा रुस र अमेरिकाले मध्यस्तता गरेको एक युद्धविराम सम्झौता लागू हुनु एक दिनअघि सिरियाली सरकारी फौजले भीषण बम हमलाहरु जारी राखेका छन्।

विद्रोहीहरुले युद्धविराम पालना गर्ने नगर्ने प्रष्ट भइसकेको छैन।

सिरियाली अभियानकर्ताहरुका अनुसार इदलिब र अलेप्पो क्षेत्रमा रुसी विमानहरु पनि देखिएका छन्।

शनिबारयता हवाई हमलामा परी एक सयभन्दा बढी मानिसको ज्यान गएको बताइएको छ।

सहयता संस्थाहरु युद्धविराम लागू भएपछि महिनौंदेखि चेपुवामा परेका मानिसका लागि सहायता सामाग्री लैजाने तयारीमा छन्।

सहायता

सहयाता संस्था सेभ द चिल्ड्रन सिरियाकी निर्देशक सोनिया खुशले हालैको समयमा करिब ६५ जना मानिसहरुको भोकमरीका कारण मृत्यु भएको जानकारी प्राप्त भएको छ।

उनले भनिन्, “हामीले युद्धका कारण मानिसहरुको मानसिक स्वास्थ्यमा गम्भीर असर परिरहेको र बालबालिकाहरुले समेत आत्महत्या गरेको बुझिरहेका छौं।”

“अब पहिलेकोभन्दा लामो समयका लागि युद्धविराम हुन आवश्यक छ ताकी प्रभावित क्षेत्रहरुमा मानवीय सहयता पुर्याउन सजिलो होस्।”

तर सोमबारदेखि शुरु हुने भनिएको युद्धविराम सम्झौताको पालना गर्ने कि नगर्ने भन्ने विषयमा सिरयाली विद्रोहीहरुले अझै निर्णय गरिनसकेको बताइएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !