१५ आश्विन २०८१, मंगलबार

वडाध्यक्षको मृत्यु


निधन

२१ चैत, गौशाला । महोत्तरीको बलवा नगरपालिका–८का वडाध्यक्षको आज मृत्यु भएको छ । मृत्यु हुनेमा वडाध्यक्ष लोकेन्द्र महतो रहेको बलवा नगरपालिकाका प्रमुख विनोद यादवले बताउनुभयो ।

बिहान अचानक पेट दुखेर उपचारका लागि जनकपुरस्थित रामजानकी हेल्थ केयरमा जानुभएका महतोले दिँउसो १२ बजेसम्म ठिक भई खाना खाएर एकछिन हिँड्डुलसमेत गर्नुभएको थियो । करीब आधा घण्टापछि वडाध्यक्ष महतोले आफूलाई सञ्चो नभएको र अप्ठ्यारो भएको आफन्तलाई भनेपछि उपचारका लागि पुनः सोही अस्पताल लगिएको र केहीबेरमा उपचारकै क्रममा मृत्यु भएको प्रमुख यादवले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !