५ जेष्ठ २०८१, शनिबार

पठनपाठन नहुँदा व्यवस्थापन समितिको ध्यानाकर्षण


Nepalpatra

८ चैत, हुम्ला । खार्पुनाथ गाउँपालिकामा रहेको अमरसिंह प्राविमा पठनपाठनमा लापरवाही भएको भन्दै अभिभावक सङ्घले गाउँपालिका र विद्यालय व्यवस्थापन समितिको ध्यानाकर्षण गरेको छ ।

कक्षा १ देखि ५ सम्म रहेको उक्त विद्यालयमा नयाँ शैक्षिक सत्र शुरु भएको एक महीना बितिसक्दासमेत नियमित पठनपाठन नहुँदा समस्या भएको अभिभावक सङ्घका अध्यक्ष बालकृष्ण शाहीले बताउनुभयो । विद्यार्थी र अभिभावक सङ्घले विद्यालयमा हुने पठनपाठन, खाजाको सुविधा, पाठ्यपुस्तक, खेलकूद, शिक्षक समयमा उपस्थित नहुनेजस्ता कुरामा ध्यानाकर्षण गराएको अध्यक्ष शाहीले बताउनुभयो । विद्यालयले नयाँ शैक्षिक सत्र शुरु भएसँगै नयाँ भर्ना गरे पनि पठनपाठनदेखि अन्य कुरामा व्यवस्थापन समितिले चासो नदेखाएको उहाँले जानकारी दिनुभयो ।

अभिभावक सङ्घ र विद्यार्थीले उठाएका माग विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाले पूरा नगरेमा वैशाख ५ गते जिल्लामा आएर आन्दोलन गर्नुका साथै जिल्ला विकास शिक्षा तथा समन्वय एकाइ र प्रशासनमा कुरा उठाउने अध्यक्ष शाहीले बताउनुभयो ।

किसानलाई बोका अनुदान

जिल्लाको नाम्खा गाउँपालिकाले पशु सेवा शाखाद्वारा सिंहाल जातका चार बोका किसानलाई अनुदान दिएको छ । गाउँपालिका पशु सेवा शाखा संयोजक पठाने बुढाका अनुसार नाम्खा गाउँपालिकाभित्रका छ वडामध्ये चार वडापालिकाका चार किसानलाई वितरण गरिएको छ । गाउँपालिकाले ग्रामीण भेगका बाख्रापालन किसानको आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यसहित बोका पालिकाले वितरण गरेको संयोजक बुढाले जानकारी दिनुभयो ।

गाउँपालिकाले वडा नं १ का लाप्का लामा, वडा नं ३ का राप्दन लामा, कुन्डोल लामा र वडा नं ५ का रामसिंह तामाङलाई वितरण गरेको हो । गाउँपालिकाले जिल्लाको चङ्खेली र सर्केगाड गाउँपालिकाबाट सिंहाल जातका प्रतिबोका रु २० हजारमा खरीद गरेको हो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !