१८ बैशाख २०८१, मंगलबार

गायक खड्काको ‘नमरि बाँचे’ सार्वजनिक हुँदै


५ चैत, काठमाण्डौं । गायक सन्तोष खड्काको नयाँ गीत ‘नमरि बाँचे’ चाँडै सार्वजनिक हुँदैछ । खड्काकै स्वर, संगीत र शब्दमा तयार भएको ‘नमरि बाँचे’ यो महिनाभित्र सर्वाजनिक हुने भएको हो ।

हाल प्रत्येक दिन हजारौँको संख्यामा विदेशीन बाध्य नेपाली युवाहरुको पिडा र मर्मलाई समावेश गरि तयार गरिएको उक्त गीतको संगीत संयोजन बुद्ध स्याङ्वाले गरेका छन् भने दृश्य निर्माण आर्टिस्ट स्टुडियो मार्फत गरिएको छ । उक्त गीतको भिडियोको छायाङ्कन विमल ढकालले गरेका छन् ।

उक्त गीतको भिडियोमा मुख्य रुपमा सरोज नेपाल र पार्वती बोगटीको अभिनय रहेको छ । त्यसैगरि लक्ष्मण विक्रम बस्नेत, सारदा गीरी, रोहीना विडारीको पनि भुमिका देख्न सकिने छ । त्यस्तै भिडियोमा गायक सन्तोष खड्ककी छोरी आकृती खड्का र आरुसी केसी गरि दुई बालकलाकारको पनि अभिनय रहेको देख्न सकिने गायक खड्ककाले जानकारी दिएका छन् ।

आफुले पनि विदेशीनुको पिडा, विदेशमा रहँदा भोगेका दुखहरुको राम्रोसँग महशुस गरेकाले सोह आफ्नो अनुभव र महशुसलाई समेटेर खड्काले उक्त म्युजिक भिडियो निकाल्न लागेका हुन् । यस गीले अधिकांश नेपालीहरुलाई समेट्ने भएकाले यसले दर्शक स्रोताहरुको मन राम्रोसँग छुने र सबैलाई मन पर्छ भन्ने खड्काको अपेक्षा रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !