१३ बैशाख २०८१, बिहिबार

अपहरणको धम्की दिएर पचास लाख माग्ने पूर्वमन्त्री गुप्ता समातिए


Shyam-Sundar-Gupta

काठमाडौं : एक महिला व्यवसायीलाई अपहरणको धम्की दिएर पचास लाख असुल गर्न खाजेको आरोपमा पूर्वमन्त्री श्यामसुन्दर गुप्ता फेरि पक्राउ परेका छन्।

उनलाई ललितपुर प्रहरी परिसरले सोमबार ताल्छिखेलबाट पक्राउ गरेको हो।महिला व्यवसायीलाई धम्क्याएर ५० लाख रुपैयाँ मागेको उजुरीको छानबिनको क्रममा पूर्वमन्त्री गुप्तालाई पक्राउ गरिएको ललितपुर परिसरका डिएसपी इश्वर कार्कीले जानकारी दिए।

पूर्वमन्त्री गुप्ता आफैले एक व्यवसायी महिलालाई फोन गरेर धक्याउँदै ५० लाख रुपैयाँ मागेको र नदिए अपहरण गर्ने धम्की दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

डिएसपी कार्कीका अनुसार अपहरण तथा शरीर बन्धक उद्योगमा अदालतबाट चार दिनको म्याद थप गरी गुप्तालाई हिसारतमा राखिएको छ।

यसअघि गुप्ता व्यावसायी पवन संघाइलाई अपहरण गरेको आरोपमा तीन वर्ष कारागार बसेर गत साउन २ गते जेलबाट छुटेका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !