१० मंसिर २०८१, सोमबार

अधिकारीको निधनले मुलुकलाई अपूरणीय क्षति : नेताहरु


rabindra

१८ फागुन, काठमाडौँ । सत्तारुढ तथा प्रमुख प्रतिपक्ष दलका नेताहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको असामयिक निधनले मुलुकलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

स्वर्गीय अधिकारीको सम्झनामा रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेकपाका नेता रुपनारायण श्रेष्ठले नेपालका सबै पार्टीका युवा नेताका लागि उहाँ ‘रोल–मोडल’ भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “नेपालको विद्यार्थी आन्दोलनलाई अधिकारीले मूल प्रवाहमा ल्याउनुभएको हो । उहाँ सबै पार्टीका युवा नेताका लागि ‘रोल–मोडल’का रुपमा स्थापित हुनुहुन्थ्यो ।”

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आफू र स्वर्गीय अधिकारीबीच निकै आत्मीय सम्बन्ध रहेको बताउँदै मुलुकले निकै धेरै आशा गरेको युवा नेता गुमाएको बताउनुभयो । अधिकारीमा विकासप्रति अत्यन्तै गहिरो लगाव रहेको बताउँदै उहाँले संसदको विकास समितिको सभापति हुँदा धेरै काम गर्नुभएको स्मरण गर्नुभयो ।

राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनिष सुमनले स्वर्गीय अधिकारी अत्यन्तै मिलनसार र असल नेता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘ अधिकारी विकासप्रति निकै गम्भीर हुनुहुन्थ्यो । उहाँले कहिल्यै पनि मधेशको विरोधमा बोल्नु भएन ।” (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !