३ असार २०८१, आइतबार

प्रवासीको सहगोगवाट आगलागी पिडितलाई आर्थिक सहयोग


help

१२ फागुन, काठमाडौं । पछिल्लो समय नेपालमा विभिन्न घट्नाहरु घटिरहेका छन् । उक्त घट्नाहरुमा घटेका क्षेतिपूर्ति नेपाल सरकारले कुनै खालको सहयोग गरेका छैनन् ।

यस्ता घट्नाहरुमा पछिल्लो समयमा प्रवासीहरु निकै सक्रियता देखिन्छन् । त्यस्तै क्रममा प्रवासीहरुको सहयोगवाट खोटाङ जिल्ला बराहपोखरी गाउँपालिका वाड नं. २ सुन्तलेका लाग्लागीपिडित कविराज बास्तोलालाई १ लाख ६ हजार ६ सय ९८ रुपैयाँ सहयोग गरेका छन् ।

गत तिहारको लक्ष्मी पुजाको साँझ दियो बत्ती बाली सुत्न लाग्दा बत्तिको दियो पर्दामा सल्किएको आगोवाट बास्तोलाको घर जलेर नष्ट भएको थियो ।

आगलागीवाट घर जलेर १० लाख बराबरको क्षतिपूर्ति भएको थियो ।

उक्त रकम यूकेबाट नेपाल आएका समाजसेवी ढक राना मगर र नेपालमै रहनु भएको समाजसेवी ध्यान कुमार राईले लागलागी पिडित बास्तोलालाई हस्तान्तरण गरेका थिए ।

उक्त रकम संकलन गर्नको लागि कुवेतबाट केदार कुमार मगर, कतारबाट चुडामणि दाहाल, मलेसियाबाट चन्द्र गुर्मछान मगर, दुबईबाट राजेन्द्र दाहाल, यूकेबाट ढक राना मगर र नेपाल बाट ध्यान कुमार राईले पहल गरेको समाजसेवी केदार कुमार मगरले जानकारी दिए ।

पछिल्लो समयमा सुन्तले प्रवासीहरुले यस्ता सहयोग निकै नै धेरै गर्दै आएका छन् । उक्त सुन्तलेमा अवस्थित श्री ज्यू मावि विद्यालयलाई केदार कुमार मगरको अध्यक्षतामा कम्प्युटर खरिद गरि कम्प्युटर कक्षा संचालन गर्न र अक्षयकोष स्थापना गर्नको लागि १० लाख ८९ हजार २ सय र ९ रुपैयाँ सहयोग गरिसकेका छन् ।

helps

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !