४ आश्विन २०८१, शुक्रबार

पत्रिका जलाइयो


paper

१० फागुन, लहान । अज्ञात समूहले आज बिहान सिरहाको लहानमा विभिन्न राष्ट्रिय पत्रिका जलाएका छन् । लहानस्थित सीता नोवेल न्यूज सेन्टर अगाडि बिक्रीका लागि राखिएको कान्तिपुर दैनिक, द काठमाडौं पोस्ट, साप्ताहिक, हल्लो शुक्रबारलगायतका करीब ४०० प्रति पत्रिका जलाएर खरानी बनाएको हो ।

पसल खोल्न बिहान पुग्दा पत्रिका जलिरहेको थियो, पसल सञ्चालक दिनेश देवले भन्नुभयो, “म पसल पुग्दा पत्रिका जलिरहेको थियो, कसले र किन पत्रिका जलायो यसबारेमा केही थाहा भएन ।”

यता इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो । केही दिनअघि सीता नोवेल पसलका लागि आएको कान्तिपुर, काठमाडौँ पोस्टलगायतका पत्रिका चोरीसमेत भएको थियो ।

ट्याक्टरले किच्दा बालकको मृत्यु

सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरस्थित भित्री सडकमा ट्याक्टरले किच्दा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय बसन्त सदाको १० वर्षीय छोरा आशिष सदा रहेको प्रहरीले जनाएको छ । बालुवा लोड गरी उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स१त ४२३१ नंको ट्याक्टरमा सवार आशिष अचानक ट्याक्टरबाट लड्दा सोही ट्याक्टरले किचेको थियो ।

ट्याक्टरले किचेपछि गम्भीर घाइते भएका बालकको उपचारको क्रममा कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !