१० मंसिर २०८१, सोमबार

खानेपानी आयोजना निर्माण


Nepalpatra

१ फागुन, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–१ निवेलमा करीब रु ६० लाख लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले विनियोजन गरेको बजेटअन्तर्गत प्रदेशमै प्रदेश सरकारको लगानीमा निवेल खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो ।

कूल रु ५९ लाख ५३ हजार ४२ को लागतमा निर्माण सम्पन्न भएको आयोजनाबाट भीमसेन थापा गाउँपालिका निवेलका–४५ घरपरिवारले स्वच्छ खानेपानीको सुविधा पाएका छन्् । उक्त आयोजना सम्झौता भएको करीब तीन महीनामा नै निर्माण सम्पन्न भएको मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाले जानकारी दिनुभयो ।

मन्त्रालयले करीब रु ९४ लाख ६८ हजार रकम लागत अनुमान गरेको भए पनि स्थानीय उपभोक्ता समितिको श्रमदानसहित अनुमान गरिएको भन्दा कम खर्चमा आयोजना सम्पन्न भएको उहाँले बताउनुभयो । उक्त आयोजनामा उपभोक्ता समितिले रु १२ लाख १२ हजार बराबरको श्रमदान गरेको आयोजनाका इञ्जिनीयर इन्द्र प्रताप बोहोराले जानकारी दिनुभयो ।

स्थानीय चिउरीगैरास्थित सुपुङ्गे खोलाको मुहानदेखि डेढ किलोमिटर दूरीबाट ल्याइएको पानी ट्याङ्कीमा सङ्कलन गरी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर बाँनियाले जानकारी दिनुभयो । पानी वितरणका लागि ३५ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको र सबै घरमा धारा बनाई पानी वितरण गरेको उहाँको भनाइ छ ।

विसं २०७२ वैसाख १२ गतेको बिनासकारी भूकम्पले यसअघिको आयोजनामा पूर्णरुपमा क्षति पु¥याएपछि त्यहाँका स्थानीयवासीले खानेपानीको समस्या भोग्दै आएका थिए । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !