३ असार २०८१, सोमबार

कामपाबाट उद्यान निर्माण गर्न रकम प्रदान


Nepalpatra

२७ माघ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छिमेकी नगरपालिकालाई समृद्ध बनाउने नीतिअनुरुप उद्यान निर्माणका लागि नौ नगरपालिकालाई रु एक/एक करोड उपलब्ध गराएको छ ।

महानगरपालिका र काठमाडौँ जिल्लाभित्रका नगरपालिकाबीच नगर साझेदारी कार्यक्रमअन्तर्गत आज टोखा नगरपालिकाबाहेक अन्य नगरपालिकालाई रु एक–एक करोड रकम उपलब्ध गराइएको ।

कामपाको गत शुक्रबार बसेको २९औँ बोर्ड बैठकको निर्णयअनुसार उक्त रकम कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नौ नगरपालिकाका प्रमुखलाई उक्त हस्तान्तरण गर्नुभएको हो । कामपाको साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँका नगरपालिकाको हरियाली प्रवद्र्धन, पार्क निर्माण र सार्वजनिक जग्गा संरक्षण कार्यका लागि रकम हस्तान्तरण गरिएको कामपाले जनाएको छ ।

कामपा प्रमुख शाक्यले छिमेकी नगरपालिका मजबुत नभएसम्म काठमाडौँ महानर मजबुत नहुने भन्दै छिमेकी नगरसँगको सहकार्यमा उद्यान निर्माणपछि अर्थतन्त्र बलियो हुने धारणा राख्नुभयो ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले महानगरमा नै धेरै विकास गर्नुपर्ने हुँदाहुँदै पनि छिकेकी नगरपालिकालाई सहयोग गर्नु कामपाको उदाहरणीय कार्य रहेको भन्दै प्रदान गरिएको रकम सम्बन्धित शीर्षकमा नै खर्च गर्न आग्रह गर्नुभयो । यसै कार्यक्रमअन्तर्गत गएको असार २० गते टोखा नगरलाई बौडेश्वर महादेव क्षेत्रमा बाल उद्यान निर्माणका लागि रु एक करोड प्रदान गरिएको थियो ।

उपत्यकाका एकीकृत विकास कार्यक्रमअन्तर्गत यी कार्यक्रम गरिएको हो । आव २०७५÷७६ मा विनियोजित बजेटअनुरुप प्रथम पक्ष कामपाले दोस्रो पक्ष अन्य नगरपालिकालाई रकम दिइएको हो । परियोजना निर्माण आव २०७५÷७६ मा शुरु गरिसक्नुपर्ने सम्झौतापत्रमा भनिएको छ । उक्त रकम सो परियोजनाबाहेक अन्य क्षेत्रमा लगानी गर्न पाउने छैन । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !