६ जेष्ठ २०८१, आइतबार

भोजपुरमा जिपी फाउण्डेशन


Nepalpatra

२३ माघ, भोजपुर । पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको जिपी कोइराला फाउण्डेशनको जिल्लामा समिति तथा कार्यालय स्थापना गरिएको छ ।

काङ्ग्रेस नेतृ सुजाता कोइरालाले स्थापना गर्नुभएको सो फाउण्डेशन शाखाको मङ्गलबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । कार्यक्रममा सो फाउण्डेशनका प्रदेश नं १ संयोजक इन्दिरा थापाले कोइरालाको प्रजातन्त्र, शान्ति र विकासको सपनालाई साकार पार्ने उद्देश्यकासाथ समिति गठन गरिएको बताउनुभयो । सो अवसरमा स्व कोइरालाको फोटो प्रदर्शनी समेत गरिएको थियो ।

जिल्लामा नीरकुमार विकको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । फाउण्डेशनको सहसंयोजक कर्ण मोक्तान, सचिव प्रमेश भारती, सहसचिव अजुर्न बस्नेत, कोषाध्यक्ष पुष्पलता कटवाललगायत रहनुभएको छ । उहाँहरुलाई प्रदेश संयोजक थापाले पदस्थापन गराउनुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !