१३ असार २०८१, बिहिबार

महायज्ञमा रु दुई करोड बढी सङ्कलन


तीन करोड

१२ माघ, दाङ । घोराही उपमहानगरपालिका–१३ मा श्री बराहक्षेत्र मावि सेवार वनगाँउको आयोजनामा लगाइएको महायज्ञको समापन गरिएको छ ।

विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा सञ्चालन सहयोगका लागि सञ्चालन गरिएको ‘श्रीमद् भागवत् –धान्याञ्चल विराट नवाह ज्ञान महायज्ञ–२०७५’ मा रु एक करोड ८६ लाख दान सङ्कलन भएको मूलआयोजक समितिका निर्देशक प्रा डा अर्जुनकुमार बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आम्दानी अझै बढ्नसक्ने भएकाले अब छिट्टै नै महायज्ञको वास्तविक आम्दानी र खर्च सार्वजनिक गरिने छ । महायज्ञमा सबै भन्दाबढी दान हिजो घोराही १३ निवासी बुढाथोकीले रु २६ लाख ११ हजार १५५ दान दिनुभएको महायज्ञ मुलसमितिका संयोजक बिमला योगीले जानकारी दिनुभयो ।

महायज्ञका निर्देशक प्रा डा अर्जुनकुमार बुढाथोकी र उहाँको परिवारले सो रकम दान गर्नुभएको हो । स्वर्गीय हजुरबुबा खिमबहादुर बुढाथोकी, स्वर्गीय हजुरआमा ललिता बुढाथोकी, स्वर्गीय लोकसिं बुढाथोकी, स्वर्गीय यज्ञबहादुर बुढाथोकी र नरेश बुढाथोकीको स्मृतिमा उक्त रकम दान गरिएको हो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !