६ बैशाख २०८१, बिहिबार

इटालीमा भूकम्पमा परि ज्यान जानेको संख्या २ सय ४७ पुग्यो


earthquake italy

इटली भूकम्प इटालीमा भूकम्पमा परि ज्यान जानेको संख्या २ सय ४७ पुगेको छ । बुधबार बिहान भएको ६ दशमलव २ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण तीन सय ६८ जना घाइते भएको इटालीको नागरिक सुरक्षा अधिकारीले बताएका छन् ।

राजधानी रोमबाट एक सय किलोमिटर उत्तर–पूर्वमा रहेको पेरुगिए शहर केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पका कारण मध्य इटालीको पहाडी क्षेत्र बढी प्रभावित भएको छ । ऐतिहासिक शहर एमाट्रिसेमा सबै भन्दा बढी क्षति भएको छ । त्यहाँ कम्तिमा ८६ जनाको ज्यान गएको छ । एमाट्रिसेमाका झण्डै ७५ प्रतिशत भवन ध्वस्त भएको त्यहाँका मेयरले बताएका छन् ।

अझै पनि धेरै मानिस भत्किएका भवनको भग्नावशेषमा पुरिएको आशंका छ । खोजी तथा उद्धार र राहत वितरणको काम भइरहेको सरकारी अधिकारीले बताएका छन् । राजभरी पनि भूकम्पमा परि बाँचेका खोजी तथा उद्धारको काम गरिएको छ । पेशकारा डेल ट्रोन्टो गाउँमा भग्नवशेषमा पुरिएका ८ वर्षकी बालिकाको १७ घण्टापछि जिवितै उद्धार गरिएको छ ।

भूकम्पपछि धेरै परकम्प आएका छन् । ज्यान जानेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारले बताएका छन् । इटालीमा सन् २००९ मा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प जाँदा तीन सय जनाको ज्यान गएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !