८ मंसिर २०८१, शनिबार

लमजुङमा भूकम्पको धक्का


शक्तिशाली भूकम्प

२९ पुस, लमजुङ । लमजुङमा आज अपराह्न ४ बजेर १ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।

उत्तरी लमजुङको सिम्पानी केन्द्रबिन्दु रहेको ३ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बेंसीशहरमा छोटो तर कडा झड्का महसुुस भएको थियो भने उत्तरी लमजुङको बाहुनडाँडादेखि दक्षिणको सुन्दरबजार नगरपालिकासम्म भूकम्पको धक्का महसुुस भएको स्थानीयवासीले बताएका छन् ।

यसअघि गत २५ गते साँझ ७ बजेर ४९ मिनेटको समयमा सदरमुकाम बेंसीशहर नजिकै केन्द्रबिन्दु बनाएर तीन म्याग्निच्यूडको भूकम्प गएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !