dGqLåf/f pb3f6g
;~rf/ tyf ;”rgf k|ljlwdGqL uf]s’nk|;fb afF:sf]6f zlgaf/ sfe|]knf~rf]ssf] d08gb]pk’/ gu/kflnsf!@ ;fG8La]F;Ll:yt HofDbL art tyf C0f ;xsf/L ;+:yfsf] @)cf}F jflif{s ;fwf/0f;ef pb3f6g ub}{ . t:jL/ M /fhs’df/ k/fh’nL, sfe|]knf~rf]s, /f;; २८ पुस, काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विभिन्न क्षेत्रमा छरिएका पूँजीलाई एकत्रित गरी उत्पादनमा लगानी गरिने बताउनुभएको छ ।
मण्डनदेउपुर नगरपालिका–१२ सान्डीबेंसीस्थित ज्याम्दी बचत तथा ऋण सहकारी संस्थाको २०औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले राजकीय, निजी र जनताको सामूहिक पूँजीलाई एकत्रित गरी उत्पादनमा लगानी गर्नेमा जोड दिनुभयो ।
उहाँले जिल्ला तहका सहकारी संरचनालाई स्थानीय तहमा पठाइन लागेकाले उब्जिएका केही सङ्क्रमणकालीन समस्यालाई विस्तारै हल गर्दै जाने बताउनुभयो । मन्त्री बाँस्कोटाले सहकारी क्षेत्र सरकारको तीनखम्बे अर्थनीतिमध्ये एउटा खम्बा भएकाले सबै क्षेत्रका पूँजीलाई एकीकृत गरी उत्पादनमूलक क्षेत्रमा लगानी गरिने बताउनुभयो ।
उहाँले सहकारी क्षेत्रलाई उच्च प्राथमिकता दिइने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय पूँजीको तीन वटा आधार मानेर समृद्ध नेपाल अभियानमा सहकारी क्षेत्र उच्च प्राथिमिकतामै पर्दछ ।” उहाँले कृषि तथा उद्यमशीलतामा आधारित सहकारीले समाजमा राम्रो योगदान गरेको चर्चा गर्नुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष रामकृष्ण तिमल्सिनाले ७४७ शेयर सदस्य रहेको सहकारीमा रु दुई करोड ११ लाख ९२ हजार ५९८ बचत भएको र रु दुई करोड ४७ लाख ३८ हजार ८१० लगानी गरिएको जानकारी दिनुभयो । (रासस)












